मन्त्रिपरिषद्को निर्णय : सुन तस्करी छानबिन आयोगमा जनशक्ति थपदेखि सचिवको राजीनामा स्वीकृतसम्म « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्रिपरिषद्को निर्णय : सुन तस्करी छानबिन आयोगमा जनशक्ति थपदेखि सचिवको राजीनामा स्वीकृतसम्म


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ। सरकारले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगमा जनशक्ति थप गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको मागबमोजिम प्राविधिकसहितका जनशक्ति थप गर्ने निर्णय गरेको हो । आयोगमा रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्वितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट थप गर्ने निर्णय भएको हो ।

बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । पाण्डेले व्यक्तिगत कारण देखाई दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने भएको छ ।

यसैगरी विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ । बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस