उपसचिव ढुङ्गानालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

उपसचिव ढुङ्गानालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार


५ मंसिर २०८०, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित विशेषमा दर्ता मुद्दामा सफाइको फैसलाविरुद्ध अख्तियार सोमबार सर्वोच्च गएको हो । २०४९ साउन १९ गते सरकारी सेवामा प्रवेश गरेका ढुङ्गानाले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

जागिर अवधिमा उनको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ ८ पैसा हुनेमा उनको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ ५३ पैसा देखिएको निष्कर्षसहित अख्तियारले उनीविरूद्ध २०७६ पुस १८ गते मुद्दा दर्ता गरेको थियो । ढुङ्गानाले अवैध आर्जनबाट श्रीमती मधु कोइराला ढुङ्गानाको नाममा सम्पत्ति राखेको देखिएको भन्दै श्रीमतीविरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३ तथा दफा २९ ९२०, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० ९२० बमोजिम जरिवाना र कैद मागदाबी गरेको थियो । त्यस्तै गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरिएको थियो ।

विशेष अदालतले उपसचिव ढुङ्गानालाई २०८० वैशाख ८ मा सफाइ दिएको थियो। न्यायाधीश श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले उनलाई सफाइ दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस