एसियाका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसियाका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरेका हुन्।

नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको, नेपालमा लगानीका लागि उपयुक्त कानुन र वातावरण रहेको तथा लगानीकर्तालाई सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले व्यवसायीहरुलाई विश्वास दिलाए।

Tags :
प्रतिक्रिया दिनुहोस