काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबीच अहिले गृह मन्त्रालयमा वार्ता जारी छ ।
वार्तामा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनरत पक्षका प्रतिनिधि उपस्थित छन्। यसअघि आज दिउँसाे बोलाइएको वार्ता चिकित्सकहरू नआएपछि स्थगित भएको थियो।
चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरू सडक आन्दोलनमा छन् ।
पछिल्लो समय हेटौँडा‚ लमजुङ‚ पोखरालगायतका स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएका थिए। चिकित्सक आक्रमणकाे विराेधमा आज पनि माइतीघर मण्डलामा प्रदर्शन भएको थियो।