यादवमाथि खुकुरी प्रहार भएपछि नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यादवमाथि खुकुरी प्रहार भएपछि नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा


२० भाद्र २०८०, बुधबार


काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी सङ्घले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ।

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएपछि नेविसंघले विज्ञप्ति निकालेर गृहमन्त्रीको राजीनामा मागेको हो।

‘देशमा आमनागरिकको जीउ, ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको यस घटनाले पुष्टि गरेको छ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो घटनाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने नेविसंघको भनाइ छ। ‘राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्रीजस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौँ,’ अध्यक्ष शेर्पाले निकालेको विज्ञप्तिमा उल्लेख छ। 

यस घटनालाई गहिरोसँग अनुसन्धान गर्न पनि नेविसंघले माग गरेको छ। सहमहामन्त्री यादवलाई बुधबार दिउँसो नुवाकोट घर भई बालाजु बस्ने श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ भने यादव ट्रमा सेन्टरमा उपचार गराइरहेका छन्।

सम्बन्धित समाचार : यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न काँग्रेसको माग

सम्बन्धित समाचार : महेन्द्र यादवमाथि आक्रमण गर्ने सापकोटा समातिए

सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

Tags :
प्रतिक्रिया दिनुहोस