महेन्द्र यादवमाथि आक्रमण गर्ने सापकोटा समातिए « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महेन्द्र यादवमाथि आक्रमण गर्ने सापकोटा समातिए


२० भाद्र २०८०, बुधबार


काठमाडौँ । प्रहरीले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि साङ्घातिक आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

आज (बुधबार) रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरेका हुन्।

कार्यक्रममा कालो झोला बोकेर बसिरहेका सापकोटाले यादवमाथि आक्रमण गर्नुको कारण खुलेको छैन। सापकोटालाई प्रहरीले सिंहदरबार प्रहरी वृत्तमा लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

घटनामा घाइते भएका यादवको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

Tags :
प्रतिक्रिया दिनुहोस