२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढुवापछि राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्, पदपूर्ति समितिले कर्मचारी बढुवाको नामावली प्रकाशित गरेपछि कर्मचारी सङ्घले आन्दोलन स्थगित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको पदपूर्ति समितिले मङ्गलवार बढुवा हुने कर्मचारीहरूको नामावली प्रकाशित गरेपछि कर्मचारी सङ्घकी अध्यक्ष सरस्वती केसीले मङ्गलवारै विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित गरिएको जानकारी गराएकी हुन् ।

राखेप कर्मचारी सङ्घले बढुवा प्रक्रिया नियमअनुसार नभएको भन्दै गत साउन २५ गते आन्दोलनका कार्यक्रम घोषणा गर्दै साङ्केतिक रूपमा विरोध जनाएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को ११६ औ बोर्ड बैठकको निर्णय अनुसार पदपूर्ति समितिले परिषदमा लामो समयदेखि एउटै पदमा कार्यरत कर्मचारीहरूलाई बढुवा गर्न प्रक्रिया थालनी गरेको थियो ।

बढुवाका लागि प्रक्रिया अनुसार ३८५ जनाले नाम दर्ता गरेपनि बढुवा नभएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएको थियो ।

आइतबार बसेको पदपूर्ति समितिको निर्णय अनुसार राखेपले हाल कार्यरत रहेको श्रेणी, पदबाट एक तह माथिल्लो श्रेणी, पदमा बढुवा गरी कर्मचारीहरूको नामावली प्रकाशित गरेको थियो ।

त्यसपछि कर्मचारी सङ्घले पनि माग सम्बोधन भएको भन्दै आन्दोलन स्थगित गरेको हो ।

‘राष्ट्रिय खेलकुद परिषद् पदपूर्ति समितिको मिति २०८०–५–१ गतेको निर्णय अनुसार बढुवाका लागि परिषदमा सिफारिस सहित नामावली प्रकाशित गरी कर्मचारीहरूको मागलाई सम्बोधन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कर्मचारी सङ्घले २७ वर्षदेखि बढुवा स्थगित रहेको भन्दै एसियाली खेलकुदको तयारी नै प्रभावित गर्ने चेतावनी दिँदै आन्दोलन सुरु गरेको थियो । बढुवा सूचीमा विभिन्न खेलमा कार्यरत प्रशिक्षक, सहायक प्रशिक्षक गरी ३१८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस