२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिक्त प्रदेश प्रमुख सचिवमा वरिष्ठ सहसचिवलाई कामु बनाई पठाइने 

अ+ अ-

काठमाडौँ । रिक्त प्रदेश प्रमुख सचिवमा वरिष्ठ सहसचिवहरूलाई कायम मुकायम(कामु) बनाई पठाइने भएको छ । 

मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुख सचिव रिक्तता परिपूर्ति गर्न सचिवको लाइनमा रहेका वरिष्ठ सहसचिवलाई पठाउनेबारे छलफल भएको हो । नेपाल सरकारका विशिष्ट श्रेणी(सचिव)लाई प्रदेश प्रमुख सचिवमा खटाइने प्रावधान रहेको छ । 

‘सचिवहरू व्यवस्थापन गर्ने क्रममा कतिपय प्रदेशहरूमा लामो समयदेखि प्रमुख सचिव रिक्त भएकोले सचिव बढुवाको लाइनमा रहेका सहसचिवहरूलाई कायम मुकायम बनाइ पठाउने विषयमा छलफल भएको हो’, एक मन्त्रीले प्रशासनलाई भने, ‘६ महिनासम्म कानुनले नै कामु दिन मिल्छ, सामान्यतया: सचिवको लाइनमा रहेका सहसचिवहरू त्यो अवधिसम्म सचिवमा पनि बढुवा भइसक्छन् र त्यही कन्फर्ममा पदस्थापन गर्न सकिन्छ’

अहिले सात वटा प्रदेशमध्ये कर्णाली, लुम्बिनी र मधेस प्रदेश निमित्त प्रमुख प्रदेश सचिवको भरमा चलिरहेका छन् । 

कर्णाली प्रदेशका प्रदेश प्रमुख सचिव गोपी खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएसँगै त्यहाँ प्रदेश सचिव(सहसचिव) आनन्द सारू निमित्त रहेका छन् भने लुम्बिनीका प्रदेश प्रमुख सचिव दीपक काफ्ले एक नम्बर प्रदेश प्रमुख सचिवमा सरुवा भएसँगै प्रदेश सचिव सुमन घिमिरे निमित्त प्रदेश प्रमुख सचिव भई काम गर्दै आएका छन् । र, मधेस प्रदेशका तत्कालीन प्रदेश प्रमुख सचिव कृष्ण बहादुर राउत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएसँगै रिक्त हुन आएको प्रदेश प्रमुख सचिवमा प्रदेश सचिव किशोर चौधरी निमित्त रहेका छन् । 

रिक्त राखेर निमित्तको भरमा छोड्दा काम पनि रोकिने र सन्देश पनि राम्रो नजाने भएकोले सचिव बढुवा क्रममा रहेका वरिष्ठ सहसचिवहरूलाई कायम मुकायम बनाई पठाइँदा यता प्रदेशको काम पनि नरोकिने र उता सचिव हुने वरिष्ठ सहसचिवहरूको रोल क्रमसँगै काम पनि सिकिने भएकोले सबै पक्षबाट उपयुक्त निर्णय भएको प्रशासकहरूको भनाई छ । 

यसैबिच आजै मात्र एक वरिष्ठ सहसचिव सचिवमा बढुवा भएसँगै कुनै एक प्रदेशमा पदस्थापन गरिँदा बाँकी दुई प्रदेशमा प्रदेश प्रमुख सचिव रिक्त हुन आउँछ । 

सम्बन्धित समाचार : दिनेश कुमार घिमिरे सचिवमा बढुवा

ती दुई प्रदेशमा पछिल्लो सचिव बढुवामा सिफारिस भएका तीन वरिष्ठ सहसचिवमध्ये बाँकी दुई जनालाई कायम मुकायम बनाई पठाउँदा राधिका अर्याल र चूडामणि पौडेल कायम मुकायम प्रदेश प्रमुख सचिवमा जान सक्ने स्रोतको भनाई छ । 

सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस 

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।