एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस 


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

पहिलो नम्बरमा सिफारिसमा परेका घिमिरे हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रूपमा कार्यरत छन् भने अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक छन् ।

सम्भवतः भोली बस्ने मन्त्रिपरिषद्को बैठकले तीन मध्ये एक जनालाई सचिवमा बढुवा सिफारिस गर्ने निर्णय गर्नेछ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. गोपीकृष्ण खनालको अनिवार्य अवकाशसँगै रिक्त हुन आएको पदका लागि सिफारिस गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस