दिनेश कुमार घिमिरे सचिवमा बढुवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दिनेश कुमार घिमिरे सचिवमा बढुवा


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सरकारले सहसचिव दिनेश कुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।

मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवत्रय दिनेश कुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

घिमिरे हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रूपमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस