काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई दिइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा कायरत ढुङ्गेललाई आज प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
परिसरका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न ढुङ्गेललाई जिम्मेवारी दिइएको प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।