भागबन्डा मिलाउन सारियो मुख्यमन्त्रीको शपथ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भागबन्डा मिलाउन सारियो मुख्यमन्त्रीको शपथ


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण कार्यक्रम सारिएको छ ।

मुख्यमन्त्री थापाले आज बिहान १०:३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्रीको शपथ ग्रहण साँझ ५ बजेका लागि सारिएको हो ।

मुख्यमन्त्री थापाले मन्त्रालयको भाडबन्डा मिलाउन दलहरू छलफलमा रहेकोले शपथ ग्रहणको कार्यक्रम सारिएको बताए । मुख्यमन्त्री थापाले शपथ ग्रहणपछि गठबन्धन दलबाट एक/एक जनालाई मन्त्री बनाउने तयारी गरेका थिए ।

नयाँ मन्त्रीको सूचीमा एकीकृत समाजवादीबाट कमल जबेगु, काङ्ग्रेसबाट प्रदिप सुनुवार र सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस