राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८० मा निमन्त्रणा गरिएको छ ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ ।

नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस