कोशीमा उद्धव थापा मुख्यमन्त्री नियुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोशीमा उद्धव थापा मुख्यमन्त्री नियुक्त


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका उद्धव थापा नियुक्त भएका छन्।  

सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख  परशुराम खापुङले मङ्गलवार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

यसअघि थापाले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।

थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस