कोशीका सभामुख गौतमले राजीनामा दिने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कोशीका सभामुख गौतमले राजीनामा दिने


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था आएपछि सभामुख गौतमले राजीनामा दिने भएका हुन्। 

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख गौतमले राजीनामा दिने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गठबन्धनका शीर्ष नेताहरूबीच सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्ने सहमति भएको बताए। 

कोशीमा नयाँ सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ। तर, गठबन्धन दल काँग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो। एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस