तोसिमा कार्कीको अभिव्यक्तिको माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीद्वारा भर्त्सना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तोसिमा कार्कीको अभिव्यक्तिको माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीद्वारा भर्त्सना


२८ असार २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवंगत धर्मपत्नी सीता दाहालको निधनलाई लिएर ललितपुर- ३ बाट निर्वाचित सांसद तोसिमा कार्कीले दिएको अभिव्यक्ती खेदजनक रहेको भन्दै माओवादी केन्द्र, जिल्ला समन्वय समिति ललितपुरले भर्त्सना गरेको छ।

जिल्ला समन्वय समिति संयोजक शिव कट्टेल र इन्चार्ज दिनेश महर्जनले विज्ञप्ती जारी गर्दै सांसद कार्कीको अभिव्यक्ति खेदजनक र असंवेदनशील भएको ठहरसहित घोर भर्त्सना गरेका छन्।

‘सांसद तोसिमा कार्कीद्वारा पशुपति आर्यघाटमा सञ्चार माध्यमसँगको कुराकानीमा दिएको अभिव्यक्तिप्रति ललितपुर जिल्ला पार्टी कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उक्त अभिव्यक्ती खेदजनक र असंवेदनशील भएको हाम्रो निष्कर्ष छ।’

सीता दाहालको निधनपछि बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। आर्यघाटमा श्रद्धाञ्जलीका लागि पुगेकी सांसद कार्कीले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिने क्रममा विवादास्पद अभिव्यक्ती दिएको भन्दै सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस