कर्मचारीमाथि हातपात गर्ने पूर्वसांसद र वडाध्यक्ष पक्राउ परेपछि एमालेको प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीमाथि हातपात गर्ने पूर्वसांसद र वडाध्यक्ष पक्राउ परेपछि एमालेको प्रदर्शन


२५ असार २०८०, सोमबार


काठमाडौँ । कर्मचारीमाथि हातपात गर्ने पूर्वसांसद र वडाध्यक्ष पक्राउ परेपछि एमालेले विरोध प्रदर्शन प्रदर्शन गरेको छ ।

मुगु प्रदेश (क) का पूर्वसांसद दानसिंह परियार र छायाँनाथ रारा नगरपालिका-६ का वडाध्यक्ष खेमबहादुर रावल पक्राउ परेको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।

प्रदर्शनको क्रममा प्रशासन कार्यालयको गेट अगाडि सुरक्षाकर्मी र एमाले कार्यक्रताबीच धकेलाधकेलसमेत भएको प्रजिअ थापाले बताए छ ।

उनले प्रशासनसँग भने, ‘एमालेका कार्यकर्ता आएका थिए, हामीलाई अन्याय भयो वडाध्यक्ष र पूर्वसांसद परियारलाई रिहा गर्नुपर्‍यो एक डेढ घण्टा जति नाराबाजी गरे ।’ ‘केहीसमय धकेला–धकेल पनि भयो जे हास अहिले अवस्था सामान्य छ,’ उनको भनाइ छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दत्त बुढथापालाई शनिबार परियार र रावलले हातपात परेपछि उनीहरू दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा उनीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गराएपछि सोमबार एमालेले विरोध जनाएको हो ।

एमाले पार्टी नगर इन्चार्ज डम्बर रावलको नेतृत्वमा सोमबार विरोध प्रदर्शन भइरहेको छ ।

सम्बन्धित समाचार : कर्मचारीमाथि हातपात गर्ने पूर्वसांसद र वडाध्यक्षविरुद्ध मुद्दा दायर 

Tags :
प्रतिक्रिया दिनुहोस