कर्मचारीमाथि हातपात गर्ने पूर्वसांसद र वडाध्यक्षविरुद्ध मुद्दा दायर  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कर्मचारीमाथि हातपात गर्ने पूर्वसांसद र वडाध्यक्षविरुद्ध मुद्दा दायर 


२४ असार २०८०, आइतबार


काठमाडौँ । कर्मचारीमाथि हातपात गर्ने पूर्वसांसद र वडाध्यक्षविरुद्ध मुद्दा दायर गरिएको छ । 

मुगुमा प्रदेश (१) बाट निर्वाचित पूर्वसांसद दानसिंह परियार र छायाँनाथरारा नगरपालिका-६ का वर्तमान वडाध्यक्ष खेमबहादुर रावलविरुद्ध अभद्र व्यवहारसम्बन्धी आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको प्रमुख जिल्ला अधिकारी मोहानबाहदुर थापाले जानकारी दिए।  

प्रजिअ थापाका अनुसार शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर दत्त बुढथापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै सांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए । घटनापछि तत्कालै दुवै जनालाई सुरक्षाकर्मीले पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

उनले प्रशासनसँग भने, ‘सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी दिनुपर्छ भन्ने उनीहरू (पुर्वसांसद परियार र वडाध्यक्ष रावल)को भनाई रहेछ, कर्मचारीहरूले काम भएको मात्रै भुक्तानी दिन्छौ भनेपछि हातपात भएको देखिएको छ ।’ 

जिल्ला अदालतबाट उनीहरूमाथि अनुसन्धानका लागि १० दिन म्याद थप भएको छ भने घटनाबारे पथ अनुसन्धान भइरहेको प्रजिअ थापाले बताए । 

‘घटनापछि उनीहरूलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’  

Tags :
प्रतिक्रिया दिनुहोस