सर्वोच्चद्वारा माथिल्लो कर्णालीमा लगानी जुटाउन जीएमआरलाई म्याद थप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सर्वोच्चद्वारा माथिल्लो कर्णालीमा लगानी जुटाउन जीएमआरलाई म्याद थप


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजनामा लगानी जुटाउन भारतीय कम्पनी जीएमआरलाई थप दुई वर्ष समय दिने फैसला गरेको छ। 

भारतीय कम्पनी जीएमआरले पाएको यो समय अन्तिम हुने ठहर पनि सर्वोच्च अदालतले गरेको छ। गत २४ वैशाखमा भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले जीएमआरलाई दिएको दुई वर्ष अन्तिम हुने ठहर गरेको हो।

मन्त्रिपरिषद् बैठकले ३१ असार २०७९ मा माथिल्लो कर्णालीमा जीएमआरले २०८१ साउनसम्म लगानी जुटाउन पाउने गरी निर्णय गरेको थियो। यही निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले फैसला गर्दै जीएमआरलाई सरकारले दिएको म्याद सदर गरे पनि उक्त समयावधि अन्तिम हुने ठहर गरेको हो।

पूर्ण फैसलामा म्याद थपको निर्णय मन्त्रिपरिषद्को नै हुने भएकाले अदालतबाट निरूपण हुने विषय नभएको प्रस्ट पारिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस