स्रेस्तेदार र नासुलाई उपत्यका बाहिर सरुवा गर्न नेपाल बारको माग  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्रेस्तेदार र नासुलाई उपत्यका बाहिर सरुवा गर्न नेपाल बारको माग 


१८ असार २०८०, सोमबार


काठमाडौँ । ललितपुर जिल्ला अदालतमा गत साता कर्मचारी र कानुन व्यवसायीबीच भएको कुटपिटको घटनालाई लिएर आन्दोलित नेपाल बार एसोसिएसनले ती कर्मचारीलाई उपत्यका बाहिर सरुवा गर्नुपर्ने माग गरेको छ ।

बारले सोमबार एक विज्ञप्ति जारी गरी घटनालाई अतिरञ्जित तुल्याउन भूमिका खेलेको भन्दै ललितपुर जिल्ला अदालतका स्रेस्तेदार विष्णु पाण्डे र कानुन व्यवसायीसँगको झगडामा संलग्न नायब सुब्बा प्रेमिका तामाङलाई उपत्यका बाहिर सरुवा गर्नुपर्ने माग गरेको हो ।

गतसाता ललितपुर जिल्ला अदालतमा नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीच हात हालाहाल भएको थियो ।

सम्बन्धित समाचार : ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ

सम्बन्धित समाचार : नायब सुब्बामाथि कुटपिट गर्ने वकिलविरुद्ध अवहेलना मुद्दा दायर 

दुवैले एक अर्कामाथि आरोप लगाएका छन् । कर्मचारीको प्रतिवेदनका आधारमा पक्राउ परेका कानुन व्यवसायी लामिछाने आइतबार तारेखमा रिहा भएका थिए ।

सम्बन्धित समाचार : साधारण तारेखमा रिहा भए नासुलाई हातपात गरेको आरोपमा पक्राउ परेका वकिल 

उनी रिहा भएपछि उनीविरुद्धको मुद्दा फिर्ता नभएको भन्दै बारले थप आन्दोलनको घोषणा गरेको हो ।

सम्बन्धित समाचार : नासु हातपात प्रकरण : कानुन व्यवसायी उत्रिए प्रदर्शनमा

सम्बन्धित समाचार : नासु कुटेको आरोपमा पक्राउ परेका वकिल रिहा नभए देशभर बहस नगर्ने बारको चेतावनी

बारले घटनामाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने, अधिवक्ता लामिछाने विरुद्धको मुद्दा फिर्ता हुनुपर्ने माग राखेको छ । उसले यही मागका साथमा पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्न र रिक्त पदमा न्यायाधीश नियुक्ति गर्नसमेत माग राखेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस