नासु हातपात प्रकरण : कानुन व्यवसायी उत्रिए प्रदर्शनमा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नासु हातपात प्रकरण : कानुन व्यवसायी उत्रिए प्रदर्शनमा


१८ असार २०८०, सोमबार


काठमाडौँ । ललितपुर जिल्ला अदालतअगाडि कानुन व्यवसायी विरोध प्रदर्शनमा उत्रिएका छन् । अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरिएको विरोधमा सभा आयोजना गरिएको हो ।

ललितपुर बार एसोसिएसनले आयोजना गरेको विरोध सभामा अधिवक्ता लामिछानेले पनि सम्बोधन गर्ने जनाइएको छ ।

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा भइसकेका छन् ।

सम्बन्धित समाचार : साधारण तारेखमा रिहा भए नासुलाई हातपात गरेको आरोपमा पक्राउ परेका वकिल 

सम्बन्धित समाचार : नासु कुटेको आरोपमा पक्राउ परेका वकिल रिहा नभए देशभर बहस नगर्ने बारको चेतावनी

सम्बन्धित समाचार : नायब सुब्बालाई हातपात गरेपछि न्यायालयका कर्मचारी काम रोकेर आन्दोलनमा

सोही घटनाको विरोध स्वरूप नेपाल बार एसोसिएसनले आज देशभर बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।

सम्बन्धित समाचार : नायब सुब्बामाथि कुटपिट गर्ने वकिलविरुद्ध अवहेलना मुद्दा दायर 

सम्बन्धित समाचार : ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस