नायब सुब्बामाथि कुटपिट गर्ने वकिलविरुद्ध अवहेलना मुद्दा दायर  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नायब सुब्बामाथि कुटपिट गर्ने वकिलविरुद्ध अवहेलना मुद्दा दायर 


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अभद्र व्यवहार गर्ने कानुन व्यवसायीमाथि अवहेलनाको मुद्दा दायर भएको छ । 

शुक्रबार तामाङ पीडित तामाङ आफैँले ३६ वर्षीय कानुन व्यवसायी अमिर लामिछानेविरुद्ध मुद्दा दायर गरेकी हुन् । 

रिट निवेदनमा गत बुधबार अदालतको कार्यालयभित्रै लामिछानेले आफूमाथि हातपात गरेको दाबी गरिएको छ । निवेदनमा बुधबार अपराह्न साढे ४ बजेतिर लामिछानेले आफैँ अदालतका कागजातहरू पल्टाएर हेर्न थालेकोमा आफूले भिडभाड भएकाले अहिले नहेर्न भनेको तर उनले उल्टै दुर्व्यवहार गरेको उल्लेख छ ।

लामिछानाले हातपात गर्दा आफ्नो मुख र पाखुरामा चोट लागेको तथा सर्टसमेत च्यातिदिएको तामाङको दाबी छ । लामिछानेले कार्यालयको काम तथा न्याय सम्पादनमा अवरोध गरेको दाबी गरिएको छ । 

सम्बन्धित समाचार : नासुमाथि हातपात भएपछि कर्मचारीहरूले जनाए आपत्ति 

सम्बन्धित समाचार : ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस