काठमाडौँ । उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पाँच दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ ।
मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अपहेलनासम्बन्धी मुद्दा परेको थियो । उक्त मुद्दाको सुनुवाई गर्दै आज बसेको न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले पाँच दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
मङ्गलवार अधिवक्ता उद्धवचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबू थपलियाले उच्च अदालत विराटनगरमा अपहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए ।