स्वचालित प्रणालीमार्फत श्रम स्वीकृति, कार्यालयमै पुग्नुपर्ने बाध्यताको अन्त्य  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वचालित प्रणालीमार्फत श्रम स्वीकृति, कार्यालयमै पुग्नुपर्ने बाध्यताको अन्त्य 


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी श्रावण १ गतेदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले बिहीबार सूचना प्रविष्ट गर्न र स्वीकृति लिन श्रम कार्यालय नै पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै स्वचालित प्रणालीबाट कम्पनीमै बसेर स्वीकृति लिन सक्ने निर्णय गरेका हुन् । 

सेवा प्रवाहलाई नागरिक मैत्री र प्रविधि मैत्री बनाउँदै लगेको मन्त्रालयको यो निर्णयसँगै अब सम्बन्धित वैदेशिक रोजगारीमा पठाउने कम्पनीले नै आफ्नै कम्पनीमा बसेर सूचना प्रविष्ट गर्न सक्ने र स्वतः श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन् । 

तर, वैदेशिक रोजगार व्यवसायीले गलत कागजात पेश गरी प्रविष्ट गरेमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली २०६४ बमोजिम कम्पनी खारेजीसम्मको सजाय हुने गरी निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । 

यससँगै इजाजत पत्र संस्थालाई पूर्ण जिम्मेवार बनाउन विभाग र कार्यालयबाट निरन्तर अनुगमन हुने प्रबन्ध मिलाइएको प्रवक्ता घिमिरेको भनाई छ ।

वैदेशिक रोजगार ऐन, २०६४ मा भएको वैदेशिक रोजगारमा जाने हरेक कामदारले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भएकोमा वैदेशिक रोजगार विभागको फरिजन इम्प्लोइमेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टममार्फत कामदारहरूले अनलाइन आवेदन गरी श्रम स्वीकृति लिने व्यवस्था छ । 

हाल उक्त सिस्टमलाई समायानुकुल परिमार्जन गरी पूर्व/अन्तिम श्रम स्वीकृति सम्बन्धी कार्य स्वचालित प्रणालीबाटै गरी समयमा नै श्रम स्वीकृति प्रदान गर्ने, कार्यालयमा कार्यरत अधिकृत तहका कर्मचारीहरूलाई उक्त सिष्टमको विवरण अनुगमनमा केन्द्रित गर्ने निर्णय मन्त्रालयले गरेको हो । 

प्रविधिको प्रयोगबाट सेवालाई सहज र सरल बनाउँदै लगेका सचिव अर्यालको यो निर्णयसँगै श्रम स्वीकृति प्रदान गर्नका लागि तय गरिएको दुई तहको व्यवस्थालाई खारेज भई अधिकृतमुखी बन्ने भएको छ । यो निर्णयले श्रम स्वीकृतिको प्रक्रियालाई एक तहमा मात्र सीमित गर्दा सरल, सहज हुनुका साथै पारदर्शी एवं सेवाग्राहीमैत्री हुने सचिव अर्यालको भनाई छ । ‘जति धेरै तह थप हुँदै जान्छन् त्यति नै बढी सास्ती पाइरहेको र समय खर्च भइरहेको हुन्छ’, सचिव अर्यालले भने, ‘तीन–चार वटा लेयरलाई घटाउँदै घटाउँदै अब एक लेयरमै काम हुने भएपछि छिटो, सहज र प्रभावकारी हुने छ’

वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी सेवा प्रवाह गर्ने कार्यालय तथा निकायहरूबाट प्रवाह हुने सेवालाई सेवाग्राही मैत्री एवं आधुनिक सूचना प्रविधिमा आधारित बनाउँदै प्रभावकारी सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७८ कार्यान्वयनमा रहेको छ । 

श्रममा सुधारका श्रृंखला जारी

वैदेशिक रोजगारलाई फेस लेस, क्यासलेस र पेपरलेस बनाउने कार्य योजनासहित सुधार थालेका सचिव अर्यालले मन्त्रालयको नेतृत्व सम्हालेसँगै वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारलाई विना झन्झट सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन २५ बुँदे निर्देशनबाट कार्यारम्भ गरेका थिए। 

सम्बन्धित समाचार : वैदेशिक रोजगारलाई फेस लेस, क्यासलेस र पेपरलेस बनाउन सचिव अर्यालको निर्देशन

उक्त निर्देशनसँगै सबैभन्दा बढी सेवाग्राहीले सास्ती भोग्दै आएको ताहाचलस्थि कार्यालयमा व्यापक सुधार आएको थियो । अनलाइनबाट पुनः श्रम स्वीकृतिको शुरुवातसँगै कार्यालयको नाम सुन्दै मात्र नाक खुम्च्याउनु पर्ने अवस्था अन्त्यको शुरुवात त भयो नै, सोल्टी मोडसम्मै लाइन लाग्नु पर्ने र त्यही भिंडमासमेत बिचौलियाबाट ठगिनु पर्ने अवस्थाबाट सर्वसाधारणहरूले मुक्ति पाएका थिए । 

सम्बन्धित समाचार : अनलाइन सेवा सुरु गरेको वैदेशिक रोजगारमा पहिलो दिनमै ८५० पुनः श्रम स्वीकृति

प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव तथा विभागीय प्रमुखहरू सम्मिलित कार्यक्रममै सचिव अर्यालको प्रशंसा गरेको थियो । 

सम्बन्धित समाचार : प्रविधिमैत्री सेवाबाट प्रभावित अख्तियारले ग¥यो श्रम सचिव अर्यालको खुलेरै प्रशंसा

पूर्ण रूपमा अनलाइन सेवासँगैसातै प्रदेशबाट श्रम स्वीकृतिको व्यवस्था गरेको वैदेशिक रोजगार कार्यालय ताहचलको कामको चापमा परिवर्तन भएको र कार्यालयको कामलाई थप व्यवस्थित बनाउनुपर्ने भन्दै वैदेशिक रोजगार कार्यालय ताहचालका शाखा एकीकृत गरिएको थियो । 

सम्बन्धित समाचार : वैदेशिक रोजगार कार्यालय ताहचालका शाखा एकीकृत गर्ने श्रम मन्त्रालयको निर्णय

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, भरपर्दो, पारदर्शी तथा सहज बनाउँदै सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्देश्यले स्थानीय तहबाट नै सेवा प्रवाह हुनु बढी फलदायी देखिने भन्दै मन्त्रालयले तत्कालीन विभागीय मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै निर्णय गरेका थिए। 

सम्बन्धित समाचार : व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने

सेवा प्रवाहमा थालिएको क्रमिक सुधारसँगै विदेशी भूमिमा अलपत्र परेकाहरूको उद्धारका लागि ‘मार्सल टोली’ नै गठन गरी अलपत्र पार्ने जुनसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाहीको दायरामा ल्याउने काम भएको थियो । 

सम्बन्धित समाचार : श्रमिक अलपत्र पार्नेलाई तह लगाउन उपसचिवको नेतृत्वमा ‘मार्सल टोली’ गठन

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै लाइन बस्नु पर्ने व्यवस्थाको अन्त्यमा पनि सचिव अर्यालकै भूमिका अहम् रहेको थियो । श्रमिकलाई विमानस्थलस्थित एक नम्बर गेटबाट मात्रै प्रवेश दिने व्यवस्था हटाउँदै तीनवटै गेट खुल्ला गरेसँगै घण्टौँसम्म लामो लाइनमा उभिनु पर्ने अवस्थाको अन्त्य मात्रै भएन, एउटै प्रस्थान द्वारबाट मात्र प्रवेश पाउने अवस्थाले उनीहरूले महसुस गर्दै आएको ‘दोस्रो दर्जा’को नागरिकको महसुससमेत गर्नु नपरेको भन्दै चौतर्फी प्रशंसा बटुलेको थियो । 

सम्बन्धित समाचार : श्रमिकका लागि ऐतिहासिक निर्णय, अब विमानस्थलमा छुट्टै लाइन बस्न नपर्ने

यो अवधिमा राष्ट्रिय मात्रै होइन, अन्तराष्ट्रियस्तरमासमेत महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका छन् । श्रमिकहरूको सेवा, सुविधा र सुरक्षादेखि नयाँ गन्तव्य खोज्ने तथा दुई देशबिचका कैयन् सहमति तथा सम्झौताहरू भएका छन् । 

सम्बन्धित समाचार : नेपाल र बेलायत सरकारबिच सोमबार श्रम सम्झौता हुँदै

सम्बन्धित समाचार : अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

श्रम क्षेत्र सुधार प्रयासका लागि आइएलओलगायतबाट गरिएको प्रशंसा र विश्व सरकार शिखर सम्मेलनमा आप्रवासी नेपालीहरूको संरक्षणमा दिइएको जोडले अन्तराष्ट्रिय समुदायमा नेपालको छवि उच्च बनाउन मद्दत पुगेको छ । 

सम्बन्धित समाचार : श्रम क्षेत्र सुधार प्रयासका लागि आइएलओ महानिर्देशक र सिंगापुर जनशक्ति मन्त्रीद्वारा नेपालको प्रशंसा

सम्बन्धित समाचार : विश्व सरकार शिखर सम्मेलनमा आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा जोड

सम्बन्धित समाचार : आप्रवासी श्रमिकहरूको हकहित तथा सीप विकासका विषयमा छलफल

वैदेशिक रोजगारीका क्षेत्रमा निरन्तर सुधारका प्रयास जारी राखेका सचिव अर्यालले  भिड देखाएर असुल्न पल्केका बदमास कर्मचारीदेखि तिनै भिडको बिचबाट सर्वसाधारणलाई लुट्न पल्केका ‘बिचौलिया’हरूको धन्दामा डन्डा लगाउँदै सेवा प्रवाहलाई थप चुस्त र पारदर्शी बनाउन सिष्टम अडिटदेखि कर्मचारीको कार्यकक्ष नै परिवर्तन गरिदिएका छन् । 

सम्बन्धित समाचार :  वैदेशिक सुधारमा अर्को आयाम, सिष्टम अडिटदेखि कार्यकक्ष नै परिवर्तनसम्म

वैदेशिक रोजगार मात्रै होइन, मन्त्रालयको अन्तर्गतको महत्त्वपूर्ण निकायका रूपमा रहेको सामाजिक सुरक्षा कोषमासमेत आमूल परिवर्तन ल्याइएको छ । विभिन्न योजनाहरुदेखि लिएर नीतिगत सुधारमासमेत भएको सुधारले यतिबेला श्रमिकहरूका पक्षमा महत्त्वपूर्ण निर्णय भएका छन् । 

सम्बन्धित समाचार : सामाजिक सुरक्षा कोषको शाखा कार्यालय विराटनगर र सिमरामा

सम्बन्धित समाचार : सामाजिक सुरक्षा कोषले सामाजिक संरक्षणलाई सुदृढ सँगै आन्तरिक पुँजी परिचालनमा पनि महत्त्वपूर्ण योगदान दिन सक्छ

सम्बन्धित समाचार : गरिबीको दुष्चक्रबाट बचाउने माध्यम बन्न सक्छ सामाजिक सुरक्षा कोष

सम्बन्धित समाचार : वैदेशिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजना लागू

सम्बन्धित समाचार : करारमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने

सम्बन्धित समाचार : सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए

सम्बन्धित समाचार : देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

सम्बन्धित समाचार : वैदेशिक रोजगारमा जानेलाई फारम भर्ने बित्तिकै सामाजिक सुरक्षा : सचिव अर्याल

Tags :
प्रतिक्रिया दिनुहोस