अन्तरव्यवस्थापिका मञ्च गठनको तयारी  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अन्तरव्यवस्थापिका मञ्च गठनको तयारी 


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । संघीय संसद्‌का सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको कामलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने संयन्त्रको भूमिकाको रूपमा अन्तरव्यवस्थापिका मञ्च बनाइने तयारी भएको बताएका छन् । 

लुम्बिनी प्रदेश संसद् सचिवालयले तानसेनमा राखेको अन्तरव्यवस्थापिका भेलामा बोल्दै सभामुख घिमिरेले संघीय र प्रदेश बीचको समन्वय गर्नका लागि मञ्च गठन गर्न लागेको बताएका हुन् । पूर्वविधायिकी र उत्तरविधायिकी कामहरूका महत्त्व के हुन् र हाम्रो देशमा किन महत्त्वपूर्ण छ भन्ने विषयमा छलफल गर्नका लागि मञ्च गठन गर्ने तयारी भएको बताए । 

संघ र प्रदेशबीच समस्या, अनुभव, चुनौती के हुन् भन्ने विषयमा भेलामा छलफल गरिएको उनले बताए । 

सरकार फेरबदल हुँदा संघीय र प्रदेश सभाका संसद् नियमित चल्न नसकेको उनले बताए । संघीयजस्तै प्रदेश सभाहरू पनि अनेक कारणले गर्दा प्रभावित भएको भन्दै उनले प्रदेश अझै अन्योलतामा गएको र संघीयता नेपालमा हुँदैन भन्नेहरूलाई मलजल पुगेको उनले बताए ।

यस्तो बेला संघ र प्रदेशलाई प्रभावकारिता बनाउन जरुरी रहेको उनले बताए । मुख्यगरी अनुभव आदानप्रदानका साथै संविधानसम्मत कानुन कति बनेका छन् र ती प्रयोग कति भएको छ भन्ने विषय उठान गरिएको सभामुख घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस