यूएस चेम्बरले अर्थमन्त्री पुनलाई भन्यो-धेरै अमेरिकी कम्पनी लगानी गर्न नेपाल आउन चाहन्छन् « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

यूएस चेम्बरले अर्थमन्त्री पुनलाई भन्यो-धेरै अमेरिकी कम्पनी लगानी गर्न नेपाल आउन चाहन्छन्


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले धेरै अमेरिकी कम्पनी ठूलो लगानीसहित नेपाल आउन चाहेको बताएका छन् ।

शुक्रबार सिंहदरवारस्थित मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै उनले यस्तो बताएका हुन् ।

१६ र १७ वैशाखमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधिहरूको नेतृत्व गरेर आएका कश्पयले मन्त्री पुनसँग भेटेका हुन् ।

उनले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । हाल नेपालमै रहेको बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको जानकारी उनले मन्त्री पुनलाई गराए ।

यस्तै सूचना प्रविधि क्षेत्र र अन्तर्राष्ट्रिय स्तरको फन पार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरू इच्छुक रहेको उनको भनाइ थियो ।

नेपालको सरकारले लगानीका लागि वातावरण बनाउनेमा आफूहरू आशावादी रहेको विश्वास उनले व्यक्त गरेका छन् ।

भेटमा मन्त्री पुनले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस