२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको अगुवाइमा रसुवामा मनसुन अभ्यास

अ+ अ-

रसुवा । नेपाली सेना विष्णुदल गणको अगुवाईमा रसुवाका सुरक्षा निकायबीच संयुक्त मनसुन अभ्यास सम्पन्न भएको छ । रसुवाको भौर्गभिक अवस्था, बढी भिरपाखो तथा गहिरा खोँचसमेत भएकाले वर्षायामको बाढी पहिरोले ल्याउने जोखिमप्रति पूर्वसावधानी अपनाउने उद्देश्यले मनसुन अभ्यास गरिएको हो ।

नेपाली सेना विष्णुदल गणलगायतका जनपथ तथा सशस्त्र प्रहरीसमेतका सुरक्षा अङ्गले यस वर्षको पहिलो अभ्यास केही हप्ता अगाडि गोसाइँकुण्ड गाउँपालिका–६ स्थित बोकेझुण्डा नजिक सोले क्षेत्रमा गरेका थिए भने दोस्रो अभ्यास उत्तरगया गाउँपालिका–१ मैलुङमा शुक्रबार सम्पन्न गरेका थिए ।

मैलुङमा सम्पन्न दोस्रो मनसुन अभ्यास कार्यक्रमको स्थलगत अवलोकनका लागि उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललगायत दर्जनौँ जनप्रतिनिधि एवं सयौँ स्थानीयको सहभागिता थियो ।

सुरक्षा निकायलाई उद्धारको क्षमता अभिवृद्धि गराउँदै मैलुङमा गरिएको अभ्यासबाट घाँस काट्न गएकी एक महिला लडेका अवस्थामा भेटिएपछि डोरीको सहायताले पहराको माथिबाट डेढसय मिटर तल झरी प्राथमिक उपचार एवं झुन्ड्याएर उद्धार गरिएको, बाढीका कारण गहिरो खोँचमा परेका अर्का व्यक्तिको पनि उद्धार एवं उपचारको व्यवस्थापन गराइ प्रदर्शन गरिएको थियो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने वर्षा नजिकिँदै गएको अवस्थामा गरिएको मनसुन पूर्वअभ्यासले विपदमा उद्धारका लागि सहज बनाएको र रसुवा जिल्लाको जस्तोसुकै जोखिम स्थानबाट पनि उद्धारका लागि कार्यरत सुरक्षा निकाय सक्षम छन् भन्ने समुदायमाझ प्रमाणित भइसकेकाले कुनै पनि विपद् परेमा जिल्ला विपद् व्यवस्थापन समितिमा तुरुन्तै खबर गर्न समुदायमा अनुरोध गरे ।

मनसुन पूर्वअभ्यास तालिम प्रशिक्षणबाट नेपाली सेना विष्णुदल गणका ३५, जनपथ र सशस्त्र प्रहरीका १०÷१० जनाले दक्षता हासिल गरिसकेका छन् । हिमाली क्षेत्र, बढी भिरपाखा, धार्मिक क्षेत्र गोसाइँकुण्ड, रसुवागढी केरुङ नाका, निर्माणाधीन दर्जनौँ विद्युत् क्षेत्र, बढ्दो सवारी चापका कारण जिल्लामा सडकमार्ग खुलाउनेदेखि मानव उद्धार गरी लेक लागेर वा दुर्घटनामा परेका व्यक्ति बचाउने कार्यमा सुरक्षा निकायले गरेको योगदान अविस्मरणीय भएको नागरिक समाजको भनाइ छ ।

यस वर्षको गङ्गा दशहरा पर्वका अवसरमा गोसाइँकुण्ड जाँदा लेक लागेका दर्जनौँ यात्रुलाई सुरक्षाकर्मीहरुले उद्धार गरी धार्मिकयात्रा सहज बनाएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस