मुगु हिम पहिरो : बेपत्ताको खोजी गर्न मुगु पुग्यो सेनाको हेलिकप्टर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मुगु हिम पहिरो : बेपत्ताको खोजी गर्न मुगु पुग्यो सेनाको हेलिकप्टर


२५ बैशाख २०८०, सोमबार


सुर्खेत । नेपाली सेनाको हेलिकप्टर हिम पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी गर्न मुगु पुगेको छ।

सोमबार बिहानै बेपत्ताहरूको खोजी गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको हो ।

शुक्रबार मुगुको च्यार्खु पाटनमा यार्सा टिप्न गएकाहरू हिम पहिरोमा परेर बेपत्ता भएको घटना शनिबार थाहा भएपछि सेनाको हेलिकप्टर आज मुगु गएको हो ।

हिम पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । हिम पहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस