नेपाल टेलिकम केन्द्रीय स्टोरका वरिष्ठ सहायक लामिछाने दोषी ठहर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपाल टेलिकम केन्द्रीय स्टोरका वरिष्ठ सहायक लामिछाने दोषी ठहर


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेपाल टेलिकमको केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछाने सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले लामिछानेलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेसी तोक्न आदेश दिएको छ । 

लामिछानेमाथि नेपाल टेलिकमको बोलपत्रअन्तर्गत ब्याट्रीको लिलामी समाप्त भएपछि नेपाल टेलिकमका विभिन्न कार्यालयहरूबाट थानकोट स्टोरमा भण्डार गरी राखेको आरोप लगाइएको थियो । 

उनले ९७९ थान ब्याट्री गैरकानुनी तरिकाले भण्डारण गरेको अभियोग लगाइएको थियो । उनले सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको आरोप लगाइएको थियो । 

उनीविरुद्ध ८६ लाख ८८ हजार १३२ रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो भने ऐनको दफा १७ बमोजिमको सजाय माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस