प्रधानमन्त्री थ्री नेसन्स कप : उपाधिका लागि आज नेपाल र लाओस भिड्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री थ्री नेसन्स कप : उपाधिका लागि आज नेपाल र लाओस भिड्दै


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शुक्रबार) नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदै छ ।

दशरथ रङ्गशालामा नेपालले घरेलु समर्थक र मैदानको सहयोगमा उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले उपाधि भिडन्तका लागि मानसिक रूपमा तयार भएको बताए । ‘टोलीमा सबै नयाँ खेलाडी छन् । लाओससँग प्रतिस्पर्धा गर्न मानसिक रूपमा तयार छौँ,’ बिहीबार आयोजित प्रि-पोस्ट म्याचमा कप्तान किरणले भने ।

तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको थियो । जसमा अनन्त तामाङ र नवयुग श्रेष्ठले १-१ गोल गरेका थिए । दोस्रो खेलमा नेपालले खेलको अन्तिम मिनेटमा गोल गर्दै भुटानलाई १-१ को बराबरीमा रोक्दै अन्तिम दुई स्थान पक्का गरेको थियो । भुटानलाई बराबरीमा रोक्दा पनि नेपाल फाइनलमा पुग्ने थियो ।

भुटानसँगको फुटबल इतिहासमा नेपाल पहिलो पटक बराबरीमा रोकियो । नेपालले भुटानसँग अहिलेसम्मकै कमजोर प्रदर्शन गरेको हो । इटालियन प्रशिक्षक भिसेन्जो अल्बर्टो टोली निर्माणका क्रममा छन् । सिनियर र नयाँ खेलाडीबीचको तालमेल मिलाउन नसक्दा पनि पछिल्ला दुई खेलमा नेपालको प्रदर्शन सोचेजस्तो हुन नसकेको हो ।

नेपालसँग पराजित लाओसले भुटानलाई २-१ ले हरायो । भुटान नेपालसँग बराबरीमा रोकिँदा लाओस अन्तिम दुईमा पुग्यो । लाओसले भुटानसँगको प्रतिस्पर्धामा सुधारिएको प्रदर्शन गरेको थियो ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस