राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने महासचिव डा. बेदुराम भुसालले बताए ।

उनका अनुसार, पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यसूची छ ।

राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि भुसालले बताए । अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ । एमालेको प्रस्तावलाई चासोका साथ हेरिएको छ । तर एकीकृत समाजवादीले कुनै निर्णय लिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस