कर्मचारीलाई मन्त्रीको निर्देशन-‘सेवाग्राहीलाई एस अर नोमा जवाफ दिनुस्’  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीलाई मन्त्रीको निर्देशन-‘सेवाग्राहीलाई एस अर नोमा जवाफ दिनुस्’ 


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीहरूले अब सेवाग्राहीलाई ‘एस अर नो’मा जवाफ दिनुपर्ने बताएका छन् । 

सुनसरीको इनरुवामा आइतबारदेखि सुरु भएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’लाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

कर्मचारीले सेवाग्राहीलाई अनावश्यक रूपमा झुलाउने गरेको गुनासो आफूले सुनेको बताउँदै मन्त्री मोदीले भने, ‘सेवाग्राहीलाई अब अनावश्यक रूपमा झुलाउने गरेको गुनासो मैले सुनेको छु, अब एस अर नोमा जवाफ दिन र सोहीअनुसार कार्य सम्पादनमा लाग्नका लागि म विशेष आग्रह गर्छु ।’

मन्त्री मोदीले सेवाग्राहीको काम नहुने हो भने कारणसहित चित्त  बुझ्दो जवाफ दिने परम्पराको थालनी गर्न समेत निर्देशन दिए । सेवाग्राहीको काम द्रुत गतिमा गर्ने विषयलाई प्राथमिकतामा राख्न समेत कर्मचारीहरूलाई निर्देशन दिए ।

सम्बन्धित समाचार : सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई मन्त्री मोदीको निर्देशन

Tags :
प्रतिक्रिया दिनुहोस