सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई मन्त्री मोदीको निर्देशन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई मन्त्री मोदीको निर्देशन


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई निर्देशन दिएका छन् । सुनसरीको इनरुवामा आइतबारदेखि सुरु भएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’लाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

मन्त्री मोदीले सरकारको प्राथमिकता सुशासन कायम गर्ने भएकाले सेवाग्राहीलाई अनावश्यक दुख नदिन निर्देशन दिए । ‘प्रधानमन्त्री प्रचण्ड ज्यूको प्रमुख प्राथमिकता भनेको मुलुकमा सुशासन कायम गर्ने हो, त्यो काम राष्ट्रसेवक कर्मचारीहरूबाट मात्रै सम्भव हुन्छ, र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको नेतृत्व मैले गरेको हुनाले यसको मुख्य जिम्मेवारी मेरै काँधमा छ,’ मन्त्री मोदीले भने, ‘सुशासन कायम गर्ने सरकारको प्राथमिकलाई बुझेर कार्य सम्पादनमा लाग्नका लागि म राष्ट्र सेवक कर्मचारीहरूलाई विशेष निर्देशन दिन चाहन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस