विज्ञ टोलीद्वारा सामान्य प्रशासन मन्त्रालयलाई विधेयकको मस्यौदा हस्तान्तरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विज्ञ टोलीद्वारा सामान्य प्रशासन मन्त्रालयलाई विधेयकको मस्यौदा हस्तान्तरण


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई दुई विधेयकको मस्यौदा हस्तान्तरण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल कानुन समाजको संयुक्त विज्ञ टोलीबाट तयार विधेयकहरू मन्त्रीलाई हस्तान्तरण गरिएको हो ।

समाजको अध्यक्ष तथा पूर्व मुख्यसचिव तीर्थमान शाक्य र समाजका कार्यकारी सदस्य तथा नेपाल कानुन आयोगका निवर्तमान अध्यक्ष माधव पौडेलले बिहीबार निर्माणमुखी केही सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई व्यवस्था गर्न बनेको विधेयक मन्त्री मोदीलाई हस्तान्तरण गरेका छन् ।

सङ्घीय सरकारले र सङ्घीय संसद्ले बनाउनुपर्ने कानुनबमोजिम मन्त्रालयको नेतृत्वमा विज्ञहरूबाट मस्यौदा तयार गरी सङ्घ, प्रदेश र स्थानीय स्तरका सरोकारवालाहरूको विस्तृत सुझावको आधारमा विधेयक तयार गरिएको थियो । विधेयकमा स्थानीय सरकारले कार्यान्वयन गर्ने, प्रदेश सरकारले समन्वय गर्ने र सङ्घले सहजीकरण गर्ने गरी व्यवस्था गरिएको छ ।

सामान्य प्रशासन मन्त्री मोदीले विधेयकहरू जरुरी भएको र प्राप्त विधेयकलाई मन्त्रालयमा छलफल गरी आगामी सदनमा पेस गर्ने बताए ।

समाजका अध्यक्ष शाक्य र कार्यकारी सदस्य पौडेलले उक्त विधेयकहरू अति जरुरी भएको हुँदा आगामी संसदमा नै पेस गर्न मन्त्रीलाई अनुरोध गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस