सुकुम्वासी बस्ती हटाउनेबारे गृहमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुकुम्वासी बस्ती हटाउनेबारे गृहमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल 


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुकुम्वासी बस्ती हटाउने विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । गृह मन्त्रालयमा बिहीबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग छलफल गरेका हुन् । 

छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर बोलन्द्र साह (बालेन) र  एकीकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेना पनि सहभागी थिए । 

सुरक्षा प्रमुखहरूले सरोकार वाला निकायहरूको व्यवस्थापनको विकल्प दिएपछि मात्र थापाथलीको सुकुम्वासी बस्ती हटाउन सुझाव दिएका छन् । प्रहरी प्रमुखहरूले अहिलेकै अवस्थामा बस्ती हटाउँदा ‘मास क्याजल्टी’ हुने ब्रिफिङ गरेका छन् । मानवीय क्षति धेरै हुने प्रहरी प्रमुखहरूको ब्रिफिङपछि गृहमन्त्रीले यसबारे पुनः छलफल गर्ने बताएको बैठकमा सहभागी एकजना अधिकृतले बताए । 

सम्बन्धित समाचार : गृहमन्त्री लामिछाने र बालेनबीच भेटवार्ता, सुकुमबासी व्यवस्थापनबारे छलफल

Tags :
प्रतिक्रिया दिनुहोस