गृहमन्त्री लामिछाने र बालेनबीच भेटवार्ता, सुकुमबासी व्यवस्थापनबारे छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री लामिछाने र बालेनबीच भेटवार्ता, सुकुमबासी व्यवस्थापनबारे छलफल


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । प्रमुख शाह गृहमन्त्री लामिछानेसँग सुकुमबासी बस्ती व्यवस्थापनका लागि भेट गर्न सिंहदरवारस्थित गृह मन्त्रालय पुगेका थिए ।

गृहमन्त्री लामिछाने र प्रमुख साहबीचको भेटवार्ता काठमाडौँको सुकुमबासी समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको जनाइएको छ ।

यसअघि काठमाडौँ महानगरले गृह मन्त्रालयलाई थापाथलीको सुकुमबासी हटाउन सहयोग मागेको थियो । तर, गृह मन्त्रालयले विकल्पविना सहयोग गर्न नसक्ने जवाफ फर्काएपछि प्रमुख साह गृहमन्त्री भेट्न पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस