भूकम्पमा प्रभावितको उद्धार र उपचारमा गम्भीर भएर खटिन मुख्यमन्त्री रावलको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भूकम्पमा प्रभावितको उद्धार र उपचारमा गम्भीर भएर खटिन मुख्यमन्त्री रावलको निर्देशन


११ माघ २०७९, बुधबार


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरूको उद्धार र उपचारका प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाको गाउँपालिकाको सीमा क्षेत्र मैला केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूको उचित व्यवस्थापनका लागि पनि रावलले निर्देशन दिएका हुन् ।

तराईका जिल्लामा समेत धक्का महसुस भएको भूकम्पले बाजुरासहितका पहाडी जिल्लामा भएको क्षतिप्रति गम्भीर बन्दै सोहीअनुसार खटिन सुरक्षा निकाय प्रमुखहरूलाई निर्देशन दिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री रावलले अझै भूकम्पका पराकम्प आउन सक्ने भन्दै चनाखो रहन समेत सबैलाई आग्रह गरेका छन् । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा महिलाको मृत्यु भएको छ भने जिल्लामा अन्य तीन जना घाइते भएका छन् ।

प्रहरीकारअनुसार हिमपात र वर्षाका कारण टेलिफोन सम्पर्क नहुँदा हिमाली गाउँपालिका र गौमुल गाउँपालिकाका कतिपय वडाको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस