सिडिओसहित गृहका ७० उपसचिव तथा सहसचिवको सरुवा(सूचीसहित)  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिडिओसहित गृहका ७० उपसचिव तथा सहसचिवको सरुवा(सूचीसहित) 


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा सिडिओको सरुवा गरेको छ । 

मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको हो । 

नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो । जसलाई पहिलो पटक प्रशासन डटकमले यो समाचार प्रकाशित गरेको थियो ।

सम्बन्धित समाचार  : सिडिओ खटाउन कार्यविधि बनाइँदै, कुलिङ पिरियडदेखि सिधै खटाउन रोक !

मन्त्रालयले दुई दिन अघि मात्रै सार्वजनिक गरेको कार्यविधिमा प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चार वटा प्राथमिकता तय गर्ने उल्लेख छ । 

सम्बन्धित समाचार : सिडिओ पदस्थापन, काज तथा सरुवा कार्यविधि सार्वजनिक 

कार्यविधि ल्याएसँगै सोही अनुसार नै कर्मचारी खटनपटन हुने भन्दै मन्त्रालयको टिम केही दिनयता सूची तयारीमा लागेको थियो । आजको सरुवा कार्यविधि अनुसार कति मिल्यो या मिलेन ? यसका लागि भने केही दिन पर्खनै पर्ने हुन्छ । 

हेनूस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस