सिडिओ पदस्थापन, काज तथा सरुवा कार्यविधि सार्वजनिक  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिडिओ पदस्थापन, काज तथा सरुवा कार्यविधि सार्वजनिक 


४ माघ २०७९, बुधबार


काठमाडौँ । प्रमुख जिल्ला अधिकारीको पदस्थापन, सरुवा तथा कामकाजका खटाउने सम्बन्धी कार्यविधि, २०७९ सार्वजनिक भएको छ । नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा खटिने प्रमुख जिल्ला अधिकारीको पदस्थापन, सरुवा तथा कामकाज खटाउँदा नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापन सम्बन्धी ज्ञान, स्थानीय स्तरको कार्य अनुभव, रुचि, दक्षता र वरिष्ठताको आधारमा सरल, पारदर्शी एवम् अनुमानयोग्य बनाउन भन्दै गृह मन्त्रालयले कार्यविधि बनाएको हो । 

सम्बन्धित समाचार : सिडिओ खटाउन कार्यविधि बनाइँदै, कुलिङ पिरियडदेखि सिधै खटाउन रोक !

प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चार वटा प्राथमिकता तय गरिएको छ । जसमा पहिलो पटक प्रजिअ खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गतका कार्यालयमा कार्यरत राजपत्राङ्कित प्रथम वा द्वितीय श्रेणीका अधिकृतमध्ये वरिष्ठ अधिकृत हुनुपर्ने, काठमाडौँ उपत्यकाका जिल्लामा पदस्थापन वा सरुवा गर्दा वा काज खटाउँदा ख र ग वर्गका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी भई अनुभव हासिल गरेको हुनुपर्ने, प्रदेश राजधानी भएको जिल्लाको हकमा मन्त्रालय, विभाग वा मातहतका कार्यालय वा प्रमुख जिल्ला अधिकारी भई काम गरिसकेको र गृह सचिव र प्रमुख जिल्ला अधिकारीबिच हुने कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा उत्कृष्ट हुने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्राथमिकता दिइने छ । 

यसै गरी विभागीय सजाय पाएको भए सो अवधिभर विभागीय कारबाहीको प्रक्रिया प्रारम्भ भएको भए सो प्रक्रिया नटुंगएसम्म प्रजिअ खटाइने छैन भने जिल्लाको वर्गीकरणसमेत गरिएको छ । 

सरुवा र पदस्थापन व्यवस्थित र पारदर्शी बनाउन कार्यविधि ल्याइएको गृह सचिव विनोद प्रकाश सिंहको भनाई छ । जसले खटनपटनमा हुने गरेका विवाद र गुनासाहरूको अन्त्य गरी निष्पक्ष र पारदर्शीताकलाई झल्काउने गृह सचिवले सिंहले बताए । ‘कार्यविधिले खटनपटनलाई व्यवस्थित त गर्छ नै’, गृह सचिव सिंहले प्रशासन सिंहदरबार विशेष ब्युरोसँग भने ‘साथै, प्रजिअ भई काम गर्ने जनशक्तिलाई प्रेरणा पनि प्रदान गर्ने विश्वास लिइएको छ ।’ 

कार्यविधिलाई इमानदारीताका साथ पालना गरिने हो भने अवश्य पनि यसअघिको भद्रगोल अन्त्य हुने छ नै, खटिएका कर्मचारीमासमेत मनोबलसमेत बढाई सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्नेछ । निजामतीतन्त्रमा अड्डा जमाइसकेको राजनीतिलाई धेरै हदसम्म निरुत्साहित गर्दै क्याडर बेस बनाउन समेत मद्दत पुर्‍याउने अधिकारीहरूको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस