सुरक्षा थ्रेट बढेको भन्दै बालेनद्वारा पीएसओ माग, गृह मन्त्रालय मौन  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुरक्षा थ्रेट बढेको भन्दै बालेनद्वारा पीएसओ माग, गृह मन्त्रालय मौन 


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) मागेको २ महिना हुँदा पनि गृह मन्त्रालयले उपलब्ध नगराएको पाइएको छ ।

काठमाडौँमा अनाधिकृत रूपमा रहेका सुकुम्वासी टहरा भत्काउने क्रममा उनलाई सुरक्षा थ्रेटसहितका फोन तथा धम्की आउन थालेपछि पीएसओ मागेको भए पनि अहिलेसम्म गृह मन्त्रालयले उपलब्ध नगराएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको सुझाव अनुसार प्रमुख साहले आफूलाई सुरक्षा थ्रेट बढेको भन्दै पीएसओ उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुरोध गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयको जिल्ला सुरक्षा समितिको बैठक बसेर प्रमुख साहलाई पीएसओ उपलब्ध गराउने निर्णय गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले पत्राचार गरेको २ महिनासम्म पनि पीएसओ उपलब्ध नगराएको हो ।

प्रमुख साहको सचिवालय स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँण भएकै बेला महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग माग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस