न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन आज कार्यदलको बैठक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन आज कार्यदलको बैठक


२२ पुस २०७९, शुक्रबार


कआठमाडौँ । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ ।

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ ।

आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताएका छन् । सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ ।

विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ ।

यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस