वैदेशिक अध्ययन-तालिममा जान चाहने कर्मचारीका लागि दरखास्त आह्वान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वैदेशिक अध्ययन-तालिममा जान चाहने कर्मचारीका लागि दरखास्त आह्वान


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । सरकारले वैदेशिक तालिम वा अध्ययनमा जान चाहने स्थानीय तहमा कार्यरत कर्मचारीहरूबाट दरखास्त आह्वान गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई विभिन्न मुलुकमा आयोजना हुने वैदेशिक अध्ययन तालिमका लागि दरखास्त मागेको हो ।

विभिन्न ४ वटा विषयमा हुन लागेको अध्ययन वा तालिमका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र स्थानीय तहका कर्मचारीहरूसँग चीन सरकारले दिने अनलाइन तालिमका लागि आवेदन माग भएको छ भने काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले इन्डिया सार्क डिजस्टर म्यानेजम्याण्ट सेन्टरले दिन लागेको तालिमका लागि आवेदन माग गरिएको छ ।

यस्तै जाइकाले दि लागेको अनलाइन तालिमका लागि स्थानीय तहका कर्मचारीहरूसँग आवेदन माग गरिएको छ । इच्छुक र योग्य कर्मचारीले मंसिर दोस्रो साताभित्रै दरखास्त दिइसक्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस