मालपोत कार्यालयका कर्मचारी घुससहित प्रहरीको नियन्त्रणमा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मालपोत कार्यालयका कर्मचारी घुससहित प्रहरीको नियन्त्रणमा 


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयमा कार्यरत कर्मचारी होमनाथ खतिवडालाई घुससहित नियन्त्रणमा लिएको छ । 

काठमाडौँको डिल्लीबजारस्थीत मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगी खतिवडालाई पाँच हजार घुससहित नियन्त्रणमा लिएको हो ।

आयोगले शुक्रवार सेवाग्राहीबाट घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा खतिवडालाई नियन्त्रणमा लिएको जनाएको छ ।

खतिवडाले सेवाग्राहीबाट घुस लिएको अवस्थामा उक्त रकमसहित उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । खतिवडामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस