२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केयूकेएलका सीईओको कार्यकक्षमा तालाबन्दी, राजीनामा दिनुपर्ने माग

अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यको कार्यकक्षमा तालाबन्दी भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सीईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै राजीनामा माग्दै तालाबन्दी गरेका हुन् ।

तर, अन्य कर्मचारी संगठनले भने तालाबन्दीको विरोध सुरु गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले एक विज्ञप्ति नै जारी गरेर परिस्थितिको गम्भीरतालाई खानेपानी जस्तो अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा भएको तालाबन्दीप्रति असहमति जाहेर गरेको छ ।

तत्काल ताला खोलेर वार्ता सम्वादको विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्न संगठनले माग गरेको छ । सरकार र राजनीतिक दलहरु आमनिर्वाचनको पूर्व तयारीमा होमिएको र दशैं नजिकै आएको अवस्थामा खानेपानी उत्पादन, प्रशोधन र वितरण गर्नु सबै ट्रेड युनियनकर्मी र कर्मचारीको कर्तव्य र जिम्मेवारी भन्दै भन्दै नेपाल सरकारले अत्यावश्यकीय वस्तु र सेवामा बन्द, हड्ताल, तालाबन्दी गर्न नपाउने भनी जारी गरेको आदेशपालना गर्दै आम उपभोक्ता वर्गलाई निर्वाध रुपमा खानेपानी सेवा प्रवाह गर्नु कम्पनीको घोषित लक्ष्य र उद्देश्य भएको संगठनले स्मरणा गराएको छ ।

‘मेलम्ची आयोजनाबाट दिगो रुपमा खानेपानी आपूर्ति हुन समय लाग्ने अवस्था देखिएको, २०७० सालदेखि खानेपानीको महशुल वृद्धि नभएको र तत्काल मुल्य समायोजन हुने अवस्था नरहेको, नेपाल सरकारले आव २०७९ साल श्रावण महिनादेखि वृद्धि गरेको कर्मचारीको तलव स्केलले थप दायित्व सिर्जना भएको र सरकारबाट सञ्चालन अनुदान प्राप्त नभएको अवस्था सबैमा अवगत नै छ,’ विज्ञप्तिमा भनिएको छ,’ आगामी दिनहरुमा कम्पनीले आर्थिक संकटको कारणले खानेपानी सेवा प्रवाह सहजरुपमा गर्न नसक्ने जटिल अवस्था आउने देखिन्छ । भविष्यमा आउने विषम परिस्थितिको आकलन गर्दै काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको प्रशासनिक, आर्थिक, प्राविधिक र व्यवस्थापकिय क्षेत्रमा आमूल सुधारको लागि अधिकत्तम प्रयास गर्ने वा संरचनागत परिवर्तनको लागि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाटै उपत्यकाको समग्र खानेपानी तथा सरसफाई व्यवस्थापन गर्ने विकल्प रोज्ने ?’

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी कल्याण परिषद र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघले पनि तालाबन्दीलाई समर्थन गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस