‘राति १२ बजे कालो दिन हो, राष्ट्रपतिले राजीनामा दिनुपर्छ’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

‘राति १२ बजे कालो दिन हो, राष्ट्रपतिले राजीनामा दिनुपर्छ’


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रपति विद्यादेवि भण्डारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले संविधानका धेरै वटा धारा राष्ट्रपतिबाट एकसाथ उल्लङ्घन भएको उल्लेख गर्दै राजीनामाको विकल्प नभएको बताए ।

‘जानाजान संविधानका धेरै वटा धारा उहाँले उल्लङ्घन गर्नुभएको छ,’ केसीले भने, ‘उहाँले आफूलाई चोलेन्द्रशमशेर जबराको दर्जामा राख्नुभएको छ । उहाँले संविधानको पालना गर्न सक्नुभएन । सार्वभौम संसद्को अपमान गर्नुभयो । संसद् भएको भए महाभियोग प्रस्ताव दर्ता गर्ने अवस्था हो यो । उहाँमा पदमा बस्ने नैतिकता अब छैन । त्यसैले राजीनामा गर्नुपर्छ ।’

उनले संविधान दिवसको दिनमा शुभकामना दिएर भोलिपल्ट संविधानका धारा एकैपल्ट उल्लङ्घन गरेर ‘कालो दिन’को रूपमा स्मरण गराएको बताए ।

‘राति १२ बजे हाम्रा लागि कालो दिन हो,’ उनले भने,‘कालो दिवस मनाउनुपर्ने व्यक्तिले अघिल्लो दिन किन संविधान दिवस मनाएको ?’

उनले परमादेशको माग गर्दै सर्वोच्चमा जानुपर्ने र सर्वोच्चबाट न्यायको माग गर्नुपर्ने अवस्था आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस