२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावअघि नेपाल प्रहरी र सशस्त्रका कर्मचारीले राजीनामा दिन नपाउने

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का कर्मचारीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि राजीनामा दिन रोक लगाइएको छ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मका लागि मातहत सबै दर्जाका कर्मचारीलाई राजीनामा दिन रोक लगाएको दुवै सुरक्षा निकायले जनाएका छन्।

विशेष गरी तल्लो तहका कर्मचारी स्वैच्छिक अवकाशमा जाने क्रम बढेपछि दुवै सुरक्षा निकायले यस्तो नीति अपनाएका हुन्।

अहिले कार्यरत जनशक्तिबाट मात्रै चुनावको सुरक्षा व्यवस्थापन गर्न अपुग हुने भन्दै प्रहरी प्रधान कार्यालयले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव गरेको छ।

चुनावका लागि गृह मन्त्रालयले प्रहरी र सशस्त्रलाई सुरक्षा कार्य योजना बनाउन भनेको छ। कार्य योजना निर्माणका क्रममा राजीनामा दिएर जनशक्ति बाहिरिँदा निर्वाचनमा खटिने जनशक्ति अभाव हुने दुवै सुरक्षा निकायले जनाएका छन्।

हाल नेपाल प्रहरीमा करिब ८० हजार र सशस्त्रमा ३७ हजार जनशक्तिको दरबन्दी छ। प्रहरीका करिब ६२ हजार र सशस्त्रका ३२ हजार जनशक्ति चुनावमा खटाउन सकिने दुवै सुरक्षा निकायले गृह मन्त्रालयमा पेस गरेको प्रारम्भिक खाकामा उल्लेख छ।

सेवासुविधावृद्धि नहुने, सरुवा–बढुवामाविभेद, वैदेशिक रोजगारी र देशभित्रै स्वरोजगारको अवसर तथा पेन्सन पाउने न्यूनतम अवधि पूरा भएपछि प्रहरी र सशस्त्रका तल्लो दर्जामा कार्यरत ठुलो संख्यामा कर्मचारीले राजीनामा दिने गरेका छन्।

राजीनामा दिन धेरैजसो कार्यालय सहयोगीदेखि नायब निरीक्षकसम्म छन्।

प्रतिक्रिया दिनुहोस