उपत्यकामा ३ हजार १८७ सवारी चालकमाथि कारवाही « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा ३ हजार १८७ सवारी चालकमाथि कारवाही


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले एकै दिन ३ हजार १ सय ८७ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९, लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्वर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ५९५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस