बिहारका मुख्यमन्त्रीले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिहारका मुख्यमन्त्रीले दिए राजीनामा


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । भारतको बिहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री कुमारले मंगलबार राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् ।

राज्यपाल चौहानलाई भेटेपछि नितिश कुमारले सञ्चारकर्मीहरूलाई आफूले पदबाट राजीनामा दिएको बताएको बीबीसी जनाएको छ ।

राजीनामापछि उनले भने, ‘पार्टीका सबै विधायक र सांसदहरू एनडीए गठबन्धनबाट अलग हुन चाहन्छन् ।’ गठबन्धनमा सहभागी भारतीय जनता पार्टीसँग मतभेद बढेपछि जनता दल युनाइटेडले मंगलबार बिधायक र सांसदहरूको बैठक बोलाएको थियो ।

उक्त बैठकले एनडीए गठबन्धन छाड्ने निर्णय गरेको र उक्त निर्णयलाई आत्मसाथ गर्दै आफूले राजीनामा दिएको उनले स्पष्ट पारे ।

राजीनामा दिए पनि नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने अनुमान गरिएको छ । कांग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमारकै नेतृत्वम सरकार बनाउन समर्थन दिने संकेत गरेका छन् ।

राज्यपाललाई राजीनामा बुझाएलगत्तै नितिश कुमार पूर्व मुख्यमन्त्री राबडी देवीको घर पुगेका छन् । उनी र तेजस्वी यादवबीच नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस