आईएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे श्रेष्ठ नियुक्त  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आईएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे श्रेष्ठ नियुक्त 


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको ७ असार २०७९ को बैठकको र २३ साउन २०७९ देखि लागू हुने गरी उनलाई दोस्रो कार्यकालको लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी विगत २७ वर्षदेखि निर्जीवन बिमा क्षेत्रमा कार्यरत छन् । श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ । 

प्रमुख कार्यकारी अधिकृतको शपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आईएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस