छोराको कुटपिटबाट बाबुको मृत्यु  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

छोराको कुटपिटबाट बाबुको मृत्यु 


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । तेह्रथुममा आफ्नै छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । 

तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका २४ वर्षीय छोरो टङ्क भण्डारीको कुटपिटबाट ५३ वर्षीय भक्त बहादुर भण्डारीको मंगलबार बिहान मृत्यु भएको हो ।  

प्रदेश १ प्रहरीले तेह्रथुम प्रहरीको सूचना अनुसार बाबुछोराको विवादपछि छोरा टङ्क भण्डारीले धान कुट्ने मुसल अचानक बुबाको टाउकोमा प्रहार गरेका थिए । मुसलको प्रहारले घाइते उनको स्थानीय छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुबाको हत्या गर्ने  छोरा टङ्क  फरार रहेकाले  खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस